Fursad Times सोमबार, भाद्र १३, २०७९

भक्तपुर – केन्या भ्रमणमा रहेको नेपालले आज चौथो टी–२० म्याच खेल्दैछ । नेपाल र केन्याबीचको चौथो खेल

नैरोबीस्थित जिमखाना मैदानमा

नेपाली समयअनुसार अपरान्ह ३ः४५ देखि  सुरु हुनेछ । आज नेपाल आफ्नो तेस्रो जित निकाल्दै एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ ।

भने केन्या आजको खेल जितेर २-२ को स्थितिमा पुर्‍यौन चाहान्छ । नेपालले आइतबार भएको खेलमा चार विकेटको जित हात पारेसँगै पाँच खेलको सिरिजमा नेपालले २–१ को अग्रता लिएको छ । सिरिजमा जीवितै राख्नको लागि केन्याले आजको खेल जित्नैपर्ने हुन्छ । केन्या पहिलो खेलमा ५ विकेटले पराजित हुँदा दोस्रो टी–२० मा भने १८ रनले विजयी भएको थियो ।

नेपालले आजको खेलमा पनि नेपालले अघिल्लो प्लेइङ सेटलाई नै निरन्तरता दिने सम्भावना छ । तेस्रो खेलमा जित हासिल गरेकाले नेपालले प्लेइङ–११ परिवर्तन गर्ने सम्भावना कम रहेको हो । यदि आजको खेल जितेमा भने पाँचौं टी–२० मा चाहिँ अवसर नपाएकाले प्लेइङ–११ मा मौका पाउने सम्भावना छ ।
नेपालको सम्भावित प्लेइङ–११ : अर्जुन साउँद (विकेटकिपर), पवन सर्राफ, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, मोहम्मद आदिल आलम, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने (कप्तान) र साहब आलम ।