Fursad Times शुक्रबार, भाद्र ०३, २०७९

भक्तपुर – काठमाडौँको फोहोरको विषयमा अहिले ल काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ बिच सामाजिक सञ्जालमा चलेको ब्याटलले नयाँ रूपमा लिएको छ । धरानका मेयर साम्पाङले ब्याक टु ब्याक बालेन माथि स्टाटसको वर्षा गराए पछि बालेनकी श्रीमती सविना काफ्लेले यस व्याटलमा इन्ट्री मारेकी छिन् । बालेनकी श्रीमती काफ्लेको नयाँ इन्ट्रीसंगै बालेन र साम्पाङ बिचको ब्याटलले नयाँ रूप लिएको हो । बालेन र हर्कको जुहारी नयाँ क्याइमेक्समा पुगेको छ । बालेनकी श्रीमती सविना काफ्लेले हर्क साम्पाङलाई लक्षित गर्दै हाइकु लेखेकी छिन् । सविनाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा हर्क साम्पाङलाई लक्षित गर्दै हाइकु लेखेकी छिन् । उनले लेखेकी थिइन, ‘हलुको सोच, पखेटा भाको चिल गरुङ्गो ढुंगो ।’
यद्यपी काफ्ले पहिलो बलमै आउट भएकी छिन् । अर्थात उक्त स्टाटस एक मिनेटमै डिलिट गरिएको छ । स्टाटस डिलिट गरे पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भने स्क्रिन सट गर्दै पोस्ट गर्न सुरु गरेका छन् । उनले पोस्ट गरेको हाइकु देख्ने बित्तिकै हर्क र बालेनको जुहारीमा उनको श्रीमतीको इन्ट्री भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले धमाधम कमेन्ट गर्न थालेका थिए । धमाधम कमेन्ट आउने थाले लगत्तै उनले आफ्नो वालबाट उक्त पोस्टलाई हटाएकी छिन् । ब्याटको सुरुवात सबैभन्दा पहिला काठमाडौँको फोहोरलाई लक्षित गर्दै हर्क साम्पाङले ‘जसले जे भनोस् तर म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रहेछ कमसे कम काम त सुरु गरे ।’ भन्ने स्टाटस लेखका थिए । सो स्टाटसलाई बालनेले ‘हो नि, तपाई कै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि ।’ कमेन्ट गरेपछि सुरु भएको जुहारी थप उग्र बन्दै गएको छ ।