Fursad Times सोमबार, साउन ३०, २०७९

भक्तपुर – नायिका स्वेता खड्का आमा बन्ने भएकी छिन् । उनको गर्भमा ६ महिनाको शिशु हुर्किरहेकाले पनि स्वेता लामो समयदेखि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् । खबरका अनुसार स्वेताले कार्तिकको अन्तिममा सन्तानलाई जन्म दिन लागेको वुझिएको छ । स्वेताले २ बर्ष आफ्ना प्रेमी विजयन्द्र सिंह राउतसँग बिहे गरेकी थिइन् । बिहे गरेको २ बर्षपछि स्वेता आमा बन्न लागेकी हुन् । नायिका स्वेताले फिल्म साइन गरेपनि काम सुरु हुन सकेको छैन । यसैले, अब उनले सन्तानलाई जन्म दिएपछि मात्र घरकै फिल्ममा काम गर्ने वुझिएको छ ।