Fursad Times शुक्रबार, साउन २७, २०७९

भक्तपुर – राप्रपाकी केन्द्रीय सदस्य तथा नायिका रेखा थापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेकी छिन् । उनी महामन्त्री कुन्ती शाहलाई लिएर ओलिलाई भेटन बालकोट पुगेकी हुन् । ओलीसको भेटमा रेखाले देशको राजनीतिक अवस्था, आउँदो चुनावको बिषयमा कुरा गरेकी थिइन् । ओली देशकै अभिभावक भएकाले पनि भेट गरेको रेखाले बताएकी छिन् । उनले, ओलिसङ्गको भेटमा हाल नेपालमा छोरीहरुको अवस्था कस्तो छ भन्ने बिषयमा पनि कुरा गरेको प्रतिक्रिया दिएकी छिन् । ओलिसँगको भेटमा, आउँदो प्रतिनिधी सभाको निर्वाचन एमाले र राप्रपाविचको तालमेलको बिषयमा पनि रेखा र कुन्तीले ओलीसँग कुरा गरेका थिए । नायिका रेखा थापा आउँदो निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छिन् । यसैले, पनि उनले राजनीतिक माहोल बनाउन दौडधुप गरिरहेकी छिन् ।