Fursad Times शुक्रबार, साउन २७, २०७९

भक्तपुर – राष्ट्रपति भवन अघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ परेकी छन् । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा कुनै पनि सहयोग नगरेको भन्दै अनसनरत २० वर्षकी निहारिकाले शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेपछि पक्राउ गरिएको हो ।

आज राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले आफ्नै शरीरमा पेट्रोल खन्याए पनि उनलाई प्रहरीले त्यसो  हुनबाट रोकेको बतायएको छ । बलात्कारको घटनामा अनुसन्धान सुरुवाती दिन देखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने माग राख्दै आएकी उनले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै पटक पटक अनसनसमेत बसेकी थिइन् । आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ ।