Fursad Times शुक्रबार, साउन २०, २०७९

भक्तपुर – पुन एक पटक न्याय माग्दै निहारिका राजपुत आमरण अनशनमा बसेकी छन् । ‘कुमारी आमा’को रुपमा चिनिएकी निहारिका सरकारले आफूसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै आमरण अनशनमा बसेकी हुन् । दुई वर्षको बच्चा काखमा च्यापेर आमरण अनशनमा बसेकी उनलाई अनशनस्थत सिंहदरवारको दक्षिण गेटबाट प्रहरी नियन्त्रणमा लिएको छ । यसअघि उनको आमरण अनशन ५ बुँदे सहमति गर्दै गृहमन्त्री बालकृष्ण खाणले जुस खुवाएर तोडाएका थिए । तर, जुन सम्झौता आफुसङ्ग भएको त्यस सम्झौता अनुसार आफूले अहिलेसम्म न्याय नपाएको भन्दै उनी पुन आमरण अनशनमा बसेकी हुन् । १७ वर्षको उमेरमा आफ्नै साथिको दाइले बलात्कार गरेको भन्दै उनले आरोपित पुरुषलाई कारबाहीको माग गर्दै आमरण अनशन बसेकी हुन् । बच्चा जन्मिएपछि ती पुरुषले छाडेको उनको भनाइ छ । जिल्ला अदालतले आरोपीलाई सफाइ दिएपछि उनले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी तर हालसम्म उनले न्यायको अनुभूति गर्न नसकेको बताउँदै आएकी छन् । उच्च अदालतले मुद्दाको किनारा नलगाउँदा आफूमाथि थप अन्याय भएको उनले बारम्बार गुनासो गर्दै आएकी छन् ।