Fursad Times सोमबार, साउन १६, २०७९

भक्तपुर – काठमाडौँको काभ्रेस्थलीमा घटना वैदेशिक रोजगारी र दम्पतीबीचको मनमुटावकै कारण पाण्डे दम्पतीको पनि दुःखद् अन्त्य भएको छ । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान्–श्रीमती र दुई छोराछोरीको शव भेटिएको छ । श्रीमानले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेजस्तो देखिएको पारम्भिक अनुसन्धानले देखाएको छ । श्रीमती र दुई बच्चाको शव एउटा कोठामा भेटिएको थियो भने श्रीमानको शव अर्को कोठामा विभत्सरुपमा भेटिएको थियो । यसरी तीन जनाको शव एउटा कोठामा र श्रीमानको सव छुट्टै भेटिए पछि श्रीमती र बच्चासहितको हत्या गरेर आफूले आत्महत्या गरेको जस्तो देखिन्छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । श्रीमती दुई दिनपछि (बेलायत) युके जाने तयारीमा रहेको स्थानीयहरूले बताएका छन् ।
अहिले घटनाको अनुसन्धान भै रहेकाले घटनाबारे थप जानकारी अनुसन्धानपछि नै थाहा लाग्ने उनले बताए। घटनामा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक मृत्त भेटिएका थिए। उनीहरूको छोराछोरी विद्यालय जाने बेलामा पनि बाहिर ननिस्केपछि स्थानीयले ढोका फोडेर हेरेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको र थप रहस्य खुल्न बाँकी रहेको जनाइएको छ ।