Fursad Times सोमबार, साउन १६, २०७९

भक्तपुर – काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना ( श्रीमान­–श्रीमती र दुई छोराछोरी ) को हत्या भएको आशंका गरिएको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले एकै परिवारका चार जनाको हत्या भएको हुनसक्ने बताए । हत्या हुनेमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको हत्या भएको प्रहरीले आशंका गरेको छ । गोरखा भीमसेन गाउँपालिका-६ बोर्लाङ नारनपुर स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका पाण्डे परिवारका सदस्य सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन्। उत्क घटनाको हाल अनुसन्धान भै रहेको र घटनामा खटिएका प्रहरी अधिकारीका अनुसार घरको ढोका भित्रबाट बन्द गरिएको अवस्थामा भेटिएको र ढोका फोडेर हेर्दा चारजना मृत अवस्थामा भेटिएका हुन्।