Fursad Times सोमबार, साउन ०२, २०७९

भक्तपुर – नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्मालाई ठूलो झडका लागेको छ । केही समय देखि पुजा र आकाशको सम्बन्धमा आएको दरार उनिहरुको फिल्ममा परेको छ । पानी बाराबार भएका आकाश र पुजा फिल्म चलाउन एकसाथ प्रमोसनमा हिडेता पनि त्यसले कुनै पनि फाइदा गराएन । ४ महिना अगाडि रिलिज भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ले सुखद व्यापार गर्यो । यो फिल्मको प्रचारमा एक्लै दौडिएकी नायिका पूजा शर्मालाई दर्शकले उत्साहपूर्ण तबरले माया देखाए । “म यस्तो गीत गाउँछु २” लाई दर्शको माया मिल्नुको अर्को कारण थियो नायक पल शाह तर, ४ महिनापछि पूजाले नै अभिनय गरेको फिल्म ‘संझना विर्सना’ले भने हलमा निक्कै कमजोर व्यापार गरेको छ । रिलिजको तेश्रो दिनमै मल्टिप्लेक्समा यो फिल्मको शो कटौती भएको छ । फिल्ममा आकाश श्रेष्ठ र छुल्ठिम गुरुङ पनि मुख्य भूमिकामा छन् ।

अग्रिम बुकिङ समेत कमजोर देखिएको फिल्ममा दर्शकको उपस्थिती समेत कमजोर बनेपछि पूजाको स्टारडममा माथी नै प्रश्न समेत उठेको छ । नायिका पूजा शर्मालाई हिट हुनका लागि सुदर्शन थापाकै फिल्म चाहिने रहेछ भन्ने पुष्टी समेत यो फिल्मको व्यापारले गरेको छ । फिल्म रिलिज अगाडि नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठविच मनमुटाव समेत देखियो । फिल्मको प्रचारमा आकाश श्रेष्ठ एक्लै मात्र हिडेनन्, उनले पूजाको नाम लिन समेत धक माने । जसको असर, अहिले आएर फिल्म “सम्झना बिर्सना”को व्यापार देखिएको छ । केही फ्यानहरुले पूजा र आकाशको मित्रतामा आएको फाटोका कारण फिल्म हेर्न जान मन नलागेको प्रतिक्रिया दिएका छन् ।

नेपाली फिल्म क्षेत्रमा नम्बर १ नायिकाको दौडमा रहेकी पूजाको स्टारडम र आकाशसँगको जोडीका कारण फिल्मले इनिसियल व्यापार राम्रै गर्ने अपेक्षा निर्मातामा थियो तर, बिडम्बना फिल्म बनाउँदा एक देखिएका पूजा र आकाश फिल्म रिलिजसम्म आइपुग्दा अलग भएका थिए । जसलेगर्दा, उनीहरुका फ्यानले नै फिल्म हेर्न मन गरेनन् ।

यो फिल्मको गीतसंगीत, ट्रेलरले समेत दर्शकलाई हलसम्म तान्ने वातावरण बनाउन सकेन । ‘म यस्तो गीत गाउँछु २’को गीत र ट्रेलर हिट भएको फाइदा पूजा र सुदर्शनले उठाएका थिए । तर, यसपटक भने फिल्मका कुनै पनि प्रचार सामाग्रीले दर्शकको मस्तिष्क हल्लाउन सकेनन् । जसको कारण फिल्मको व्यापार एकदम दयनीय हुन पुगेको छ ।

दर्शक विभाजको स्पष्ट संकेत शनिबार अष्टनारायण हलमा देखिएको थियो । पूजा र आकाशका फ्यानले अलग–अलग रुपमा नारा लगाएपछि माहोल केही समय उदेकलाग्दो बनेको थियो । आकाशसँगै हलमा पुगेकी पूजाले फ्यानहरु अलग अलग रुपमा देखेपछि ‘यो एकजना मात्र कलाकारको फिल्म होइन’ भनेर आक्रोश पोखेकी थिइन् । यो फिल्म नचल्दा पूजाको स्टारडममा धक्का लागेको छ । भदौ १७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ले सुखद व्यापार गरेको खण्डमा पूजालाई ठूलो राहत होला । होइन भने, पूजाको स्टारडममाथि प्रश्न चिन्ह खडा हुनेछ ।

 

https://youtu.be/4sQl5e2veVM