Fursad Times मंगलबार, आषाढ २८, २०७९

गायक केतन क्षेत्रीको सुमधुर स्वर र कलाकार दिपेश परियार को आभिनय अर्को नेपाली आधुनिक गीत “पंछी”को भिडियो सार्वजनिक भएको छ । नेपाली म्यूजिक भिडियोमा उत्कृष्ट अभिनय र कन्टेन्ट बेसको कामको लगी चिनिएका मोडल तथा कलाकार दिपेश परियार ले पन्छी बोलको गीतको भिडियोमा आफ्नो उत्कृष्ट कला प्रस्तुत गरेका छन ।

पन्छी गीतमा शब्द अमेरिकाको ओहायो निवासी गीतकार रमेश लुइँटेलको रहेको छ भने संगीत हेमन्त शिशिरको रहेको छ। भिडियोमा दिपेश परियार का साथै दिक्पाल कार्की, जुना कार्की, मनोज कार्की र सजिना राईको अभिनय रहेको छ । भिडियोलाई सुजन श्रेष्ठले छायाँकन गरेका हुन भने शिलन लम्सालले सम्पादन गरेका हुन्। मुनालशिशिर कोइरालाको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको हो।