Fursad Times शुक्रबार, आषाढ २४, २०७९

भक्तपुर – जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । ओलीले सामाजिक सञ्जाल ट्वीटर मार्फत आबेको हत्याको भत्र्सना गरेका छन् ।

‘जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति म दुःखी छु । पूर्व प्रधानमन्त्रीको जघन्य हत्याको म घोर भर्त्सना गर्दछु,’ ओलीले भनेका छन् ‘आबे नेपालको मित्र हुनुहुन्थ्यो र उहाँ प्रधानमन्त्री हुँदा नेपाल–जापान सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।’

जापनका पूर्व प्रधानमन्त्री आबेको शुक्रबार विहान जापानको नारामा एउटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो। बोहोस भएर अस्पतामा भर्ना गरिएका आज निधन भएको हो । स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उनको निधन भएको घोपाणा अस्पतालले गरेको हो । अत्याधिक रगत बहेका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।