Fursad Times शुक्रबार, आषाढ २४, २०७९

हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने लगानीकर्तालाई आईपीओ कहिले बाँडफाँट होला भन्ने चासो रहेको छ। लगानीकर्ताको सोहि चासो मेटाउन हामीले यो भिडियो तयार पारेका छौ ।

हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्म मागभन्दा १० गुणा बढी आवेदन परेको छ । आईपीओमा १६ लाख २६ हजार ३४० जनाबाट १ करोड ८४ लाख १९ हजार ९८० कित्ता शेयर खरीदको माग भएको हो । कम्पनीले सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओ मध्ये २ प्रतिशतले हुन आउने ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशतले हुन आउने ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ । सस्थाका कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी १८ लाख ३० हजार ४७२ कित्ता शेयर सर्वसाधारणको लागि छुट्टाइएको छ। कम्पनीले असार १५ गतेबाट १९ गते सम्म रु. १९ करोड ६८ लाख २५ हजार बराबरको आईपीओ निष्कासन गरेको हो ।

क्यापिटलका अनुसार लघुवित्तको आईपीओ आज प्रि-अलोटमेन्ट सम्पन्न गरेर आइतबार वा सोमबार क्यापिटलको कार्यालयमा बाँडफाँट गर्ने तयारि भएको छ । यश हाइड्रोपावरको आईपिओला रेटिङ एजेन्सी इक्रा नेपालले  ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ