Fursad Times बिहिबार, आषाढ २३, २०७९

भक्तपुर १२ बर्षपछि आफ्नै शब्द, संगीत र स्वरमा गायिका इन्दिरा जोशीले तयार पारेको ‘पछ्यौरी’ बोलको गीतलाई चोरीको आरोप लागेको छ । गीतलाई इन्दिराले फरक सोचका साथ बनाएकी छिन् । गीतको भिडियोलाई एक साता भन्दा बढी समयमा ३ लाख भन्दा बढी पटक हेरिएको छ । तर, अहिले आएर यो गीतले चर्चा पाइरहँदा चोरीको आरोप लागेको छ ।
सन् २०१३ मा अमेरिकी गायक जेसन डेरुलोले सार्वजनिक गरेको ‘टक डर्टी’ गीतको म्यूजिकसँग यो गीतको म्यूजीक हुबहु मिलेको छ । अझ, गीतमा प्रयोग गरिएको र चर्चा पाएको म्युजिक टोन त हुबहु उतारिएको छ । चोरीको आरोप लागेसंगै इन्दिराको यो सोचले उनलाई आफ्नोपन दिनबाट बन्चित गरेको छ । यो गीत सार्वजनिक भएसँगै इन्दिरा सर्वाधिक आशावादी थिइन् । तर, गीत चोरी गरेपछि उनको आशा निराशामा बदलिने निश्चित छ ।