Fursad Times बिहिबार, आषाढ २३, २०७९

भक्तपुर । काठमाडौँ महानगरपालिकाले महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पती माथि नगरप्रहरीमाथि हातपात गरेको अभियोगमा थप कारवाही गर्ने भएको छ । मकै बेच्दै गर्दा शुक्रबार काठमाडौं महानगरपालिकाको नगर प्रहरीले लछारपछार गर्दै ठेला उठाएको भिडियोले सामाजिक सञ्जालमा आए पछि विवादसंगै अहिले चर्चा पाएको छ । विभिन्न अन्तर्वाताहरुमा उनीहरुले नगर प्रहरीले घुस मागेको आरोप लगाएपछि महानगरपालिकाले यसअघि सीता आचार्यले नगर प्रहरीमाथि गरेको व्यवहारलाई कारण देखाएर थप कारवाही गर्न लागेको हो ।

महानगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार ड्युटीमा रहेको नगर प्रहरीलाई अगुल्टो हानेको र हातापात गरेकले थप कारवाही गर्न प्रक्रिया सुरु भएको छ । घुस माग्न गएका नगर प्रहरीलाई बुधबार अगुल्टोले हानेको आचार्य दम्पतीले पनि स्वीकारेका छन् । सापकोटाले भने प्रक्रिया सुरु भइसकेको र कारबाही के हुन्छ भन्ने विषयमा भएपछि मात्रै भनौंला ।’नहरुलाई अभद्र व्यवहार अन्तरगत मुद्धा चलाएर कारवाही गर्ने महानगरको तयारी छ ।