Fursad Times बुधबार, आषाढ २२, २०७९

भक्तपुर – असार २४ गते अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी बिहेको मिति धोषण गरेका थिए । निताले बिहेअघि मेहेन्दी समारोह आयोजना गरेकी छन् । उनले आफ्नो फेसबुक मार्फत मेहन्दी समारोहका केही तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘अन्ततः मेहेन्दी लगाइयो।’ आफ्नो ४ वर्षदेखिको प्रेमलाई उनीहरुले २४ गते दरबारमार्गस्थित होटल याक एन्ड यतिमा बैबाहि जीवनमा परिणत गर्दैछन । वीरगन्जमा भएको फिल्मसम्बन्धी एक कार्यक्रममा सँगै नाच्न पुगेका उनीहरु त्यही कार्यक्रमपश्चात् नजिीकए, प्रेममा परेका थिए । दुवैले अघिल्लो साल नै विवाह गर्ने तयारी गरेको भए पनि हरिहरको बुबा अचानक बितेपछि एक वर्ष कुर्नु परेको थियो । बुबाको वार्षिक सकिए लगत्तै असारमा उनीहरुले विवाहको लगन जुराएका थिए ।

तस्विरहरु