Fursad Times मंगलबार, आषाढ २१, २०७९

भक्तपुर – नेकपा एमालेको भ्रातृ संगठन, राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ। बजेट बनाउँदा अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको भन्दै उनीहरूले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेका हुन् । अर्थ मन्त्रालयले बजेटलाई अन्तिम रूप दिने बेला (गत जेठ १४ गतेदेखि १५ गतेसम्म) सिसिटिभी फुटेजसमेत अभिलेखमा नरहेको भन्ने जवाफ दिएकोले यसमा अर्थमन्त्री शर्माको बदनीयत देखिएको उनीहरूको भनाइ छ। अर्थमन्त्री शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्नुपर्ने माग युवा संघको छ। यसअघि नेकपा एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गरेको थियो।
तस्बिरहरु