Fursad Times मंगलबार, आषाढ २१, २०७९

भक्तपुर – पेट्रोलियम पदार्थको खपत कम गर्न नेपाल आयल निगमले
दुई पांग्रेलाई ५ लिटर र चार पांग्रेलाई २० लिटर पेट्रोल दिने उपाय अघि सारेको छ । अन्तरास्ट्रिय बजारमा इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बन्दै गएको भन्दै निगमले सोमबार सरकारलाई १० वटा उपाय सिफारिस गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्ययकाअनुसार इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन यस्ता उपाय तत्काल अवलम्बन गर्न आग्रह गरिएको हो । सोमबार बसेको निगमको बैठकले इन्धनको खपत कम गर्न तत्काल १० वटा उपाय अबलम्बन गर्न आग्रह गरिएको र १० वटा उपाएहरु मध्ये दुई पांग्रे र साना गाडीलाई कम मात्रामा इन्धन दिने पनि रहेको प्रवक्ता उपाध्ययले बताउनुभयो ।

साथै यस अघि सरकाले लागू गरेर पनि हटाएको आइतबारको सार्वजनिक बिदाको व्यवस्था पुनः लागू नगरी नहुने अवस्था आएको पनि निगमले जनाएको छ । निगमले अधिकतम् मात्रामा सवारी साधन तथा घरायसी प्रयोगमा विद्युत् खपत गर्ने वातावरण मिलाउन पनि सरकारलाई भनेको छ ।