Fursad Times बिहिबार, आषाढ १६, २०७९

भक्तपुर – नायिका नीता ढुंगाना र युवा ज्योतिष तथा नायक हरिहर अधिकारीबीचको प्रेम सम्बन्ध घाम झै छर्लङग् रहेको छ । यी दुईको जोडि जुनसुकै सभा समारोह तथा सामाजिक काममा सधै संगै देखिने गरेको छ । आफ्नो प्रेम सम्बन्धलाई बैबाहिक सम्बन्धमा बाधिदै यो जोडीले असार २४ गते बिबाह गर्न लागेका छन । यी दुइको मुख्य भुमिका रहने फिल्म फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन सुरु गर्नु अगाडि नै घरजम गर्न लागेका हुन् । नीता र हरिहरको बिहे असार २४ गते याक एन्ड यति होटलमा हुँदैछ । असारको २५ वा २६ गते यी दुई जनाले आफ्नो बिहेको पार्टी समेत सोही होटलमा दिनेछन् ।