Fursad Times बिहिबार, आषाढ १६, २०७९

भक्तपुर – नेपाली सिने जगतना साइन गरेको फिल्म छाड्ने मामलामा सबैभन्दा अगाडि देखिएका छन ।  अनमोल केसीले गत बैशाखमा फिल्म ‘हनी बनी’ छाडेपछि नयाँ फिल्म साइन गरेका थिएनन् । छोरा अनमोल खाली भएपछि बुबा भुवन केसी फिल्म ‘पारस’ बनाउन कस्सिए । तर एकाएक अनमोलले होम प्रोडक्सनको फिल्मलाई थाती राख्दै बाहिरी ब्यानरको एक नयाँ फिल्म साइन गरेका छन् । अब उनले फिल्म ‘छड्के २’ गर्ने भएका छ्न ।

निर्देशक निगम श्रेष्ठले अनमोलले दुई हप्ता अगाडि नै छडके २ साइन गरेको  मिडियाहरुलाई जानकारी दिएका छन् । ९ वर्ष अगाडि प्रदर्शनमा आएको ‘छड्के’लाई पनि निगमले नै निर्देशन गरेका थिए । तर, त्यसबेला यो फिल्म बक्सअफिसमा फ्लप भएको थियो । अनमोलले पहिलो पटक फ्लप फिल्मको सिरिजमा हात हालेका हुन् । फिल्ममा उनीबाहेक अरु कलाकारको टुंगो लागेको छैन । ग्याङस्टार र कमेडी कथामा निर्माण हुन लागेको फिल्म ‘छड्के २’को सन् २०२० को दशैंलाई प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, प्रि-प्रोडक्सनको काम चलिरहेको समयमा कोरोना महामारी फैलिएपछि फिल्मको काम रोकिएको थियो । अहिले निर्माण टिम साउन अन्तिमदेखि छायांकनमा निस्कने गरी कलाकार छनोट प्रक्रियामा जुटेको छ ।