Fursad Times सोमबार, आषाढ १३, २०७९

भक्तपुर – काठमाडौँ उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन्। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए

तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ। यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो । यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मकिंफक्सको शंकामा भर्ना भएका ब्यक्तिमा पहिलोपटक हैजा पुष्टि भएको थियो भने त्यस्तै १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो । उनीहरु कामपा–२८ बागबजारमा बस्दै आएका थिए। रासस