Fursad Times आइतबार, आषाढ १२, २०७९

भक्तपुर – काठमाडौंको नेपालटारस्थित आफ्नै डेरामा मृत फेला परेकी लोक गायिका दिलमाया सुनारको हत्या भएको आशंका गरिएको छ । शनिवार बिहान बेडमा मृत अवस्थामा भेटिएकी सुनारको हत्या आशंका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढाएको छ ।

घाँटीमा डाम देखिएको छ तर, सो डाम कसरी बस्यो भन्नेबारे नखुलेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताएका छन । लाइभ दोहोरीका कारण चर्चामा आएकी सुनारको मोबाइल समेत फेला परेको छैन । घाँटी कस्न प्रयोग गरिएको आशंका गरिएको सल महाराजगञ्जस्थित नालीमा फालेको सूचना पछ्याएर प्रहरीले सलको खोजी गरिरहेको छ । तर, समाचार तयार गर्दासम्म सल भेटिएको छैन । घटनामा संलग्न भएको आशंकामा प्रहरीले काभ्रे घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठ शुक्रवार राति दिलमायाको डेरामा गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मृत्यु हुनु अघि सुनारले आफ्नो फेसबुकमा लेखेकी थिइन्, ‘जीवनसँह हार खाएँ’ एक छोराकी आमा उनी पतिसँग डिभोर्स गरेर बसेकी थिइन् ।

 

https://youtu.be/d_-Vhm79mVI