Fursad Times आइतबार, आषाढ १२, २०७९

भक्तपुर। आज १२ असार, २०७९, आइतबार । जुन महिनाको २६ तारिख २०२२ । असारकृष्णपक्ष त्रयोदशी तिथि, गर करण, कृतिका नक्षत्र, धृति योग, चन्द्रमा बृष राशिमा छ । आज बिहान ५ः१० मिनेटमा सूर्योदय भएको छ भने ०७ः०३ मा सूर्यास्त हुनेछ । आइतबार प्रशानिसक कार्य शुरुवात गर्दा साताका दिनभित्र सम्पन्न गर्न सकिन्छ ।

मेष ः– तपाइलाई आजको दिन परिवार र मित्रमण्डमलीबाट साथ सहयोग मिल्नेछ। व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन बिहानको सूर्योदयको दर्शनपछि कार्य शुभारम्भ गर्दा अर्थ लाभ हुनेछ ।

वृष ः– आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ । आजको दिन मौन रहेर व्रत गर्दा फलदायी हुनेछ । धार्मिक क्षेत्रको यात्रा गर्नु बेस हुनेछ । सोचअनुसारको कार्य सफलता मिल्नेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन शुरु गरेका कार्यसिद्ध हुनेछ।

मिथुन ः– मिथन राशिका जातकका लागि परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्नसक्छ । आजको दिन विवाद हुनसक्ने काम नगर्नुहोला । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण सोचअनुसार काम नहुँदा हुने चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता रहेको छ ।

कर्कट ः– आजको दिन तपाईकको दाम्पत्यजीवनमा विवाद हुनसक्छ । व्यापार व्यवसाय र कामबाट हानी हुनसक्छ । कुनै पनि काम गर्दा धैर्यको आवश्यक छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ ।

सिंह ः– धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले सोचअनुसारका काम हुँदा हुने खुसीले मनमा विजय प्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । विवाद हुने काम र कुरा दुवै बर्जित गर्नुहोला ।

कन्या ः– दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको दिन अर्थ लाभ हुनसक्छ । रचनात्मक र कलाकारितामा मन जानेछ ।
आजको दिन सुुरु गरेको यात्राले नयाँ योजना बनाउनका लागि सहयोग गर्नेछ ।

तुला ः– आफ्नो नियमित कामबाहेक नयाँ काम नगर्नुहोला । चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । विवाद गर्दा अनेक आरोप लगाउन सक्छन भने हानी हुनसक्ने सम्भावना पनि रहन्छ ।

 

वृश्चिक ः– छोटो यात्राले मनमा खुसी छाउने छ । व्यापार व्यवसायबाट सोचेभन्दा बढी धन लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । शत्रुले समेत कार्यप्रशसा गर्ने छन् । कसैलाई पनि मनमुटाव हुने काम नगर्नुहोला ।

धनु ः– परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । अध्ययन अध्यापन क्षेत्रमा हुनुहुन्छ भने सरस्वती र आदित्यहद्यस्तोत्र पाठ गर्दा फलप्राप्त हुनेछ । आजको दिन शुरु गरेको कार्य फलदायी हुनेछ ।

मकर ः– मकर राशिका जातकको लागि अध्ययन अध्यापनमा सफलता मिल्नेछ । विगतदेखि गर्दै आएको जे काम भए पनि त्यसको सफलताका लागि एक कदम अगाडि बढ्दा लाभ हुनेछ । सकारात्मक सोच र नयाँ काम गर्नका लागि हौसला प्राप्त हुनेछ । मित्र र घर परिवारको समेत साथ सहयोग रहने छ ।

कुम्भ ः– स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । कुम्भ राशिका जातकले हरेक साताको आइतबार बिहान सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । अर्थलाभ, मित्रको साथ सहयोग र सोचअनुसार काम हुनेछ । सामाजिक कार्यले मनमा शान्ति मिल्नेछ । कसैसँग विवाद हुने काम नगर्नुहोला ।

मीनः– रचनात्मक कार्यमा मन जानेछ । आजको दिन बनेका कार्ययोजना पुरा गर्नुभयो भने साताका दिन फलदायी हुने योग रहेको छ । अध्ययन अध्यापनमा नयाँ सफलता प्राप्त हुनेछ । लेखक, अध्यापकको लागि नयाँ बाटो खुल्नेछ । साँझको समयका शिवालय यात्रा गर्दा फलदायी हुनेछ । सूयोदयको दर्शन उत्तम मानिन्छ । आजको दिन मौन रहनु उत्तम हुनेछ । गृहस्थ कार्यहरु गर्नुहोला ।