Fursad Times शनिबार, आषाढ ११, २०७९

भक्तपुर – राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा उत्कृष्ट गायिका दिलमाया सुनार मृत अवस्थामा फेला परेकी छिन् । सुनार आफ्नै कोठामा मृत अवस्थामा फेला परेको भन्दै सर्जक रमेश बिजीले सामाजिक संजालमा स्टाटस लेखेर श्रद्धान्ली अर्पण गरेका छन् ।

सुनारको मृत्यु आत्महत्या हो वा हत्या हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताइउको छ । यस्तो छ गायक बिजीले गायिका दिलमाया सुनारलाई श्रद्धान्जली सर्मपण गर्दै लेखेको मर्मस्पर्शी स्टाटस

हार्दिक श्र्द्वाञ्जली – अस्ति भर्खरै सम्पन्न राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा उत्कृष्ट गायिका दिलमाया सुनार घोषणा हुँदाको तिम्रो खुसि र गीत संगीतको भविष्य आशालाग्दो थियो । तर अचानक विहान कोठामा मृत भेटियौ भन्ने यो दुखद खबरले स्तब्ध बनायो । आफूखुसि नै मृत्युवरण गरेकि भए पनि सबै दुखको समाधान मृत्युनै कदापी हुँदैन । यदि कसैले तिम्रो हत्या गरेकै रैछ भने पनि हत्यारालाई कडा भन्दा कडा सजाय अबस्य हुनेछ । नहुनु भै सक्यो सहनुको विकल्प रहेन । तिम्रो आत्माले शान्ति पाओस् । परिवारजनमा गहिरो समवेदना