Fursad Times बिहिबार, आषाढ ०९, २०७९

भक्तपुर । बिहीबार साँझ काठमाडौंको बानेश्वरमा सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। मूल्यवृद्धिको विरोधमा युवा संघले मसाल जुलुस निकालेर सडक अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । प्रदर्शनकारीले सरकारी गाडीमा तोडफोड गरेका छन् भने प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । सरकारले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको भन्दै युवा संघले मूल्यवृद्धि फिर्तासहित प्रधानमन्त्रीको राजीनामा माग गर्दै बुद्धनगरदेखि नयाँ बानेश्वरसम्म मसाल जुलुससहित प्रदर्शन गरेको हो।