Fursad Times बिहिबार, आषाढ ०९, २०७९

भक्तपुर । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १ का एक वा दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व९पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

शुक्रबार दिउँसो प्रदेश १ को एक(दुई स्थानमा तथा राति प्रदेश १ सहित गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

शनिबार प्रदेश १, बागमती र लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।

https://youtu.be/VqiAnbgjU3Y