Fursad Times मंगलबार, आषाढ ०७, २०७९

भक्तपुर – सञ्चारकर्मी रवि लामिछानेले राजनीतिमा पाइला टेक्दै नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन । मंगलबार नयाँ पार्टी घोषणा गरेसंगै उनी आफ्नो पार्टी दर्ता गर्न पुगेका हुन ।
रवि लामिछानेको नया पार्टी निर्वाचन आयोगले दर्ता गर्न हौने नेकपा एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले बताएका छन् । थापाले सामाजिक संजाल फेसबुकमा स्टाट लेख्दै यस्तो बताएका हुन् ।

थापाले स्वतन्त्र पार्टी गठन गरिने कानुन विपरीत भएको बताउदै उनले पार्टी दर्ता गर्न नहुने बताएका हुन् । तर चर्चित सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि
उनले लेखेका छन् कानुनत “स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हो। व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरीत हो ।”