Fursad Times मंगलबार, आषाढ ०७, २०७९

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि असार १ गतेदेखि ६ गते सम्म ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपिओ निस्कासन गरेको थियो । लघुबित्तले निस्कासन गरेको सो आईपिओ कहिले बाँडफाँड होला भनेर सबै लगानिकर्तामा चासो बढेको छ । यस लघुवित्त वित्तीय संस्थाकाे आईपीओमा करिब १८ लाखको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आईपिओ भर्ने अन्तिम दिन अर्थात आइतबार ५ः०७ बजेसम्ममा १७ लाख ९६ हजार ६८४ जना आवेदकबाट २ अर्ब १ करोड ४२ लाख रुपैयाँ बराबरको २ करोड १ लाख ४२ हजार ६१० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको शेयरको ३२१.६८ गुणा बढी हो ।

लघुबित्तले निस्कासन गरेको कुल आईपिओ मध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ६२ हजार ६१५ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

लघुवित्तको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ६ हजार २६१ जना आवेदकले मात्रै शेयर पाउनेछन् । हाल यस लघुबित्तको आईपिओको डाटा भेरिफाइको काम चली रहेकोले सम्भव यसै साता नत्र अर्को साता बाँडफाँड गर्ने तयारी भै रहेको छ ।

https://youtu.be/SwNPBV8yT6A