Fursad Times सोमबार, आषाढ ०६, २०७९

भक्तपुर – नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर २१ रूपैयाँ बढाएर १९९ र डिजेल तथा मट्टीतेल प्रतिलिटर २७ रूपैयाँ बढाएर १९२ पुर्‍याएको छ । पेट्रोल र डिजेल मट्टीतेलको मूल्य बढाए पनि एलपी ग्यासको भने मूल्य यथावत रहेको निगमले जनाएको छ । आयल निगमले यसअघि जेठ २६ गते मात्रै पेट्रोल प्रतिलिटर ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १२ रूपैयाँ बढाएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेर निगमको घाटा बढ्दै गएको हुनाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ ।