Fursad Times मंगलबार, जेठ ३१, २०७९

भक्तपुर – आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत आजको देलमा ओमान विरुद्धको नेपालले टस हारेर बलिङको मौका पाएको छ । मुसा क्रिकेट स्टेडियममा ९ः१५ देखि नेपाल र ओमानबीचको खेल सुरु हुँदैछ । नेपालले आजको खेलमा टोलीमा एक मात्र परिवर्तन गर्दै स्पिनर सुशान भारीको स्थानमा सागर ढकाललाई मौका दिइएको छ । आज नेपाल ओमनसंगको पहिलो खेलको हारको बदला लिँदै ओमानलाई पराजित गर्दै सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । जारी सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ओमानविरुद्ध १३ रनले पराजित हुँदा अमेरिकासँग भने बराबरी खेलेको थियो ।

नेपाल ओमनलाई जित्न चाहान्छ भने ओमान पनि आज जित निकाल्दै सुखद अन्त्यको लक्ष्यमा रहनेछ । यसअघि ओमानले अमेरिकासँग ११४ रनको पराजय बेहोर्दा हुँदा नेपाल र अमेरिकालाई समान १३ रनले हरायो ।

नेपालको सम्भावित प्लेइङ ११ – कुशल भुर्तेल, आसिफ शेख ९विकेटकिपर०, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने ९कप्तान० र सागर ढकाल ।