Fursad Times मंगलबार, जेठ ३१, २०७९

भक्तपुर – नेपालले आज ओमानविरुद्ध आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा खेल्दैछ । अमेरिकाको मोसा क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा ९ बजे खेल सुरु हुनेछ । नेपालले पहिलो खेलमा खाएकि हारको बदला लिँदै ओमानलाई पराजित गर्ने लक्ष्याका साथ सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । जारी सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ओमानविरुद्ध १३ रनले पराजित हुँदा अमेरिकासँग बराबरी खेलेको थियो । ओमान भने आज जित निकाल्दै सुखद अन्त्य गर्न चाहान्छ । यसअघि ओमानले अमेरिकासँग १४ रनको पराजय बेहोर्दा हुँदा नेपाल र अमेरिकालाई समान १३ रनले हरायो । नेपाल र ओमान चिरपरिचित प्रतिद्वन्द्वी हुन् । यी दुईले हालसम्म पाँच एकदिवसीय अन्तर्राष्‍ट्रियमा एकअर्काको सामना गरेका छन् । जसमा नेपालले एक र ओमानले चार खेल आफ्नो पक्षमा पारेका छन् ।

विश्वकप लिग–२ मा ओमान ३५ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा छ । नेपाल १४ खेलबाट १३ अंकका साथ छैटौंमा छ । लिग–२ आगामी वर्ष भारतमा हुने विश्वकपको सिँढी पनि हो । यो प्रतियोगिताको शीर्ष तीनमा रहने टोलीले विश्वकप छनोट खेल्न पाउने छन् । नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ ।

नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र किशाेर महतो ।