Fursad Times आइतबार, जेठ २९, २०७९

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका –८ बोडेमा एक जनाको हत्या भएको छ । बोडेका स्थानीय ५१ वर्षीय कल्याण साहुको हत्या भएको हो । बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा काठको फर्माले हानेर हत्या गरेको अवस्थामा साहुको शव फेला परेको थियो । उनको हत्यामा संलग्न भएको आशंका गर्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले साहुको हत्या आशंकामा चार जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको बताएका छन् । प्रहरीले घटनास्थलबाट रगताम्मे भएको फर्मा बरामद गरेको छ ।

https://youtu.be/xgvBNmn6O0o