Fursad Times शनिबार, जेठ २८, २०७९

भक्तपुर । इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई जवरजस्ती करणी गरको आरोपमा प्रहरीले पक्राउ गरेको छ । अनाथालयकी एक बालिकालाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रहरी प्रमुख श्रेष्ठका अनुसार सोही अनाथालयका अध्यक्ष राजेन्द्र चौहान समेत पक्राउमा परेका छन् । चुहान माथिसमेत आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ । राईलाई बिहीबार नै पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ भने चौहानलाई समेत म्याद थप गरेर विस्तृत अनुसन्धान गरिने भएको छ ।