Fursad Times शुक्रबार, जेठ २७, २०७९

भक्तपुर  । बिन्ध्यबासिनी हाइड्रोपावरले सर्वसाधारणको लागि निस्कासन गरेको साधारण सेयर अर्थात आईपिओ कहिले बाँडफाँड होला भनेर सबै लगानी कर्ताको चासोको बिषय बनेको छ । यस कम्पनीले जेठ २० गते शुक्रबारदेखि जेष्ठ २५ गते बुधबारसम्म १ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर ( आईपिओ) निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनिले बिक्री खुला गरेको कुल सेयर मध्य ध्ये ४ प्रतिशतले हुन आउने ६० हजार कित्ता शेयर संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुटाएर बाकी रहन आएको  १३ लाख ६५ हजार कित्ता शेयर सर्वसाधारणको लागि छुट्याईएको छ ।

यस कम्पनी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म १६.०७ गुणा भन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आईपिओ भर्ने अन्तिम दिनसम्म १८ लाख ४५ हजार ६७ जना आवेदकले २ करोड १९ लाख ३५ हजार १० कित्ता शेयरका लागि २ अर्ब १९ करोड ३५ लाख १ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीको आईपीओमा मागभन्दा धेरै गुना  बढी आवेदन परेको हुनाले आईपिओको बाँडफाँड गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिने छ । १० कित्ताका दरले बाँडफाँट गर्दा कुल आवेदन मध्य १ लाख ३६ हजार ५ सय जनाले मात्रै कम्पनीको आईपीओ पाउने छन् । बाँकी आवेदन दिएका लगानीकर्ताको हात रित्तो हुनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । अहिले डाटा भेरिफाइको काम भैरहेको ले बाँडफाँट कहिले भनेर भनियेको छैन ।

https://youtu.be/5EQDiZgrABQ