Fursad Times शुक्रबार, जेठ २७, २०७९

भक्तपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहिबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १२ रूपैयाँ बढाएको हो । निगमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार अब पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ । पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य बढेको भएता पनि एलपी ग्यासको भने मूल्य यथावत रहेको आयोगले जनाएको छ । यसअघि जेठ १९ गते मात्र आयल निगमले यी तीनै पदार्थमा दस रूपैयाँ प्रतिलिटर भाउ घटाएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको कारण निगमको घाटा पनि बढ्दै गएकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ ।

 

https://youtu.be/2VUm727Hbac