Fursad Times सोमबार, आषाढ १५, २०७७

आज श्री शाके १९४२ बि.स.२०७७ साल असार १५ गते सोमबार इश्वी सन २०२० जुन २९ तारीख आषाढ शुक्लपक्ष नवमी तिथी हस्ता नक्षत्र पश्चात चित्रा नक्षत्र परीघ योग वालव करण चन्द्रंमा कन्या राशिमा आनन्दादि योगमा वज्र योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु राष्ट्रिय धान दिवस, रोपाइँ महोत्सव ,दहीचिउरा खाने दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक समस्याको सामना गर्नु पर्ला । आर्थिक अभाबको सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । शारीरिक आलस्यताले सतायनाले कार्यक्षेत्रमा ढिलाइको सामना गर्नु पर्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बौधिक सभा सम्मेलन जन्य कार्यमा सहभागीताको योग बन्नेछ भने आज तपाइको आम्दानिका प्रशस्त श्रोतहरु फेला पर्नेछन । कार्य क्षेत्रमा लगाईएको मेहेनतको उचित कदर प्राप्त हुनेछ । ब्यापार ब्यवसायमा भने समय मध्यम रहनेछ ।
आफुभन्दा सानाको स्वास्थमा सामान्य समस्या देखा पर्नसक्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परीवारजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्छ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ भने पुराना साथिभाइहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । गरीरहेको कार्यका क्षेत्रमा सामान्य तनाबमा फसिएला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ मित्रजनहरु सगँको भेटघाटको योग छ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । बल तथा पराक्रममा बृद्धिहुनेछ । नयाँकार्यको थालनि गर्दा त्पादन मुलक साबित रहनेछ । अधुराकार्यहरु बन्ने समय रहेको छ । पठनपाठनमा लगाईएको समय राम्रो रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तजनहरु सगँ सामान्य वादविवादका कारण मनमुटाब हुन सक्नेछ । अरुको पकार्यको निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुलाई बिश्वास गर्दा धोका हुन सक्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) पारीवारिक साथ सहयोग बाट कार्य क्षेत्रमा बिशेष फाईदा हुनेछ । सामान्य कार्यमा अधिक समय ब्यतित हुनसक्नेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन ।
ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यात्र ामा साबधानि अपनाउनु पर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ ।अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । गरीरहेको कार्य क्षेत्र समेत परीर्वतनको सम्भाबना रहेकोछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुने योग रहेकोछ । कला कौशलका क्षेत्रमा समय ब्यतित गर्दा आम्दानि तथा मनोरञ्जन दुबै प्रशस्त प्राप्त हुनेछन ।पठनपाठनका क्षेत्रमा खर्चिएको समय निकै उत्तम साबित रहनेछ । ब्यपार ब्यवसायमा नयाँ लगानि समेत उत्तम रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्यमा बिभिन्न कारणबश ढिलाईको सामना गर्नु पर्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नुनै उत्तम रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ । नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । आफन्तजनहरुसगँ सामान्य वादविवादको सम्भाबना रहेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्नेसमय रहेकोछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । गरीरहेको कार्य क्षेत्र समेत परीर्वतनको सम्भाबना रहेकोछ । बिश्वास गरेका व्यक्तिहरुबाट धोकाहुन सक्नेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कार्यक्षेत्रमा लगाईएको लगनसिलताको कदर हुने योग रहेकोछ । पारीवारिक साथसहयोग द्वारा ब्यापार ब्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । साजेदारीकार्यका मार्फत उत्तम आम्दानी प्राप्तगर्न सकिनेछ ।