Fursad Times बिहिबार, जेठ २६, २०७९

भक्तपुर – पाकिस्तानका चर्चित टिभी प्रस्तोता तथा कराचीबाट पिटिआइ नेसनल एसेम्ब्लीका सदस्य डाक्टर आमिर लियाकत हुसैनको मृत्यु भएको छ। पाकिस्तानी सञ्चारमाध्यमहरूले दिएको जनकारी अनुसार आमिरको स्वास्थ्य खराब भएर उनलाई कराचीस्थित अस्पताल लगिएको थियो तर अस्पताल पुग्ने बितिकै चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए । तर उनको मृत्यु के कारण भयो भनेर अहिलेसम्म यकिन नभएको पाकिस्तानी प्रहरीले जनाएको छ। आमिरको शवको पोस्टमर्टम गरिने बताइएको छ।

उनि टिभी कार्यक्रमका प्रस्तोताका साथसाथ पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पिटिआइमा सक्रिय थिए । धार्मिक टेलिभिजन कार्यक्रम आलम अनलाइनु बाट चर्चा पाएका उनी सन् २०१८ मा पिटिआइबाट टिकट पाएर सांसद बनेका थिए। उनको मृत्युका कारण नेसनल एसेम्ब्लीको बैठक शुक्रबार साँझ ५ बजेसम्मलाई स्थगित गरिएको छ।

तेस्रो बिहेलाई लिएर विवादमा आए यसपछि आमिरले देश छाड्ने घोषणा पनि गरेका थिए।

https://youtu.be/2VUm727Hbac