Fursad Times बिहिबार, जेठ २६, २०७९

भक्तपुर – एक समय रत्नपार्ककको रुखमा बसेर भाषण गर्ने मुकुन्द घिमिरेले काठमाडौँ महानगरपालिकाका नव निर्वाचित मेयर बालेन साहको राजीनामा मागेका छन् । सधै सामाजिक संजालमा भाइरल भै रहने मुकुन्देले फोहोर व्यबस्थापन गर्न नसकेको भन्दै एकाएक महानगरपालिकाका मेयर बालेन साहको राजीनामा माग गर्नुको कारण हो । काठमाडौं क्षेत्र नं ४ मा उम्मेदवारी घोषणा गरेका मुकुन्देले बालेनले नैतिकताको आधारमा तत्काल राजीनामा दिएर अबिलम्ब अपनाउ हुनुपर्ने समेत माग गरेका छन् । सामाजिक सञ्जाल ट्वीटर ट्वीट गर्दै उनले राजीनामा मागेका हुन् । बालेनले ममेयरमा उम्मेदवारी घोषणा गरे देखि मुकुन्दे बालेन साहका कटु आलोचक हुन् ।