Fursad Times बुधबार, जेठ २५, २०७९

भक्तपुर – काठमाडौंबाट फोहोर फाल्न बञ्चरेडाँडामा लग्न दुई सय बढी प्रहरी परिचालन भएका छन् । बञ्चरेडाँडाका स्थानीयले फोहोर फाल्न लग्न नदिएपछि प्रहरीले बल प्रयोग गरेको छ। स्थानीयले काठमाडौंबाट लगिएको फोहोर फ्याल्न नदिएपछि अवस्था तनावपूर्ण भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

स्थानिय र प्रहरीबिछ विवास उत्पन्न हुँदा स्थानीयले प्रहरीमाथि ढुंगामुढा समेत गरेका छन्। स्थानियले ढुङ्गामुढा प्रहार गरेपछी प्रहरीले दुई सेल अश्रु ग्यास प्रहार गरेको उनले बताए।