Fursad Times सोमबार, जेठ २३, २०७९

भक्तपुर – आइतबार सार्वजनिक बिदा दिने निर्णय सरकारले फिर्ता लिएको छ। मन्त्रिपरिषद्बको सोमबार बसेको बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको स्रोतले जानकारी दियो । जेठ १ गतेदेखि सरकारले आइतबार पनि बिदा सार्वजनिक दिने निर्णय गरेको थियो । वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेता पनि एक महिना पनि कार्यान्वयन नहुँदै उक्त निर्णय निर्णय फिर्ता लिन सरकार बाध्य भएको हो । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेपछि धेरैले सरकारको सो निर्णयको विरोध जनाउँदै आएका थिए।

https://youtu.be/tELNmtQxQ9Q