Fursad Times शनिबार, जेठ २१, २०७९

भक्तपुर – अभिनेता पल शाहलाई उच्च अदालत पोखराले दिएको आदेशको बिरुद्व उनको रिहाइको माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन भएको छ । शाहका फ्यानहरुले निर्दोषलाई फसाउन पाइँदैन, पुरुष हिंसा बन्द गर, ‘न्याय निरुपण कायम गर, अदालतमा हुने भ्रष्टाचार अन्य गर, पल शाहलाई न्याय दे, महिलाको अधिकार सुनिश्चित गर’लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । उच्च अदालत पोखराले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गर्दै रिहा नगर्ने आदेश दिएको हो । एक नाबालिग गायिकामाथि बलात्कारको आरोपमा पक्राउ परेका शाह हाल थुनामै छन् ।