Fursad Times शुक्रबार, जेठ २०, २०७९

भक्तपुर – गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै भोलि शनिबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोले सनिबार सार्वजनिक बिदा दिइएको जनाएको छ । आज  गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोमा भोलि २१ गते शनिबार राष्ट्रपति विद्या देवी भण्डारीको उपस्थितिमा कार्यक्रम रहेकोले उक्त दिन देशभर सार्वजनिक विदा रहेको छ।’

 

https://youtu.be/YkYYbnv9yZs