Fursad Times बिहिबार, जेठ १९, २०७९

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले नेपालगञ्जको वीरेन्द्रचोकमा शुक्रबार बिहान राखेको पूर्वराजा विरेन्द्रको शालिक प्रहरीले हटाएपछि झडप भएको छ। यश भन्दा अघि पनि नेपालगन्जको पुरानो वीरेन्द्रचोक र अहिलेको धम्बोजी चोकमा राजा विरेन्द्रको शालिक राख्ने क्रममा त्यहाँ विवाद भएको थियो। आज बिहान सुटुक्क राप्रपाका केही नेता तथा कार्यकर्ताहरुले राजा विरेन्द्रको शालिक राखेको खबर पाए लगतै प्रहरी सो स्थानमा पुगेर शालिक हटाए पछि विवाद उत्पन्न भएको हो । ‘त्यसक्रममा केहीबेर स्थिति तनाबपूर्ण बन्दा प्रहरीले केही राउन्ड हवाइ फायरसमेत गरेको थियो।’ बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने, । अहिले स्थिति सामान्य रहेको खत्रीले जानकारी दिए।