Fursad Times आइतबार, आषाढ १४, २०७७

भक्तपुर – ६ महिनादेखि चिनको बुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर १ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । आइतबार बिहान १ लाख ७५ हजार २६७ जना संक्रमित भएका छन् । आजको यो तथ्यांक सँगै विश्वभर संक्रमितको संख्या १ करोड ७४ हजार ६३० पुगेको छ भने विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ हजार ५४६ छ । मृत्यु हुनेको संख्या पनि ५ लाख ६२५ पुगेको छ ।
यो समाचार तयार पार्दा हालसम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ५४ लाख ५१ हजार ९८४ पुगेको छ भने ४१ लाख २१ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसको संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९० हजार ४६९ जनाको मृत्यु भएको छ । युरोपियन मुलुकमा २४ लाख १ हजार ४५२ जना संक्रमित भएकोमा १३ लाख ४१ हजार ३८४ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

यस्तै उत्तर अमेरिकी मुलुकहरुमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ६५ हजार १०८ पुगेको छ भने संक्रमितको संख्या ३० लाख २१ हजार ३४२ पुगेको छ । उत्तर अमेरिकी मुलुकमा १३ लाख १२ हजार ८०५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ५३ हजार ८७२ जनाले ज्यान गुमाइ सकेका छन भने २१ लाख ६४ हजार ६४४ जना संक्रमित छन । १४ लाख ४ हजार ५८७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा कोरोना कै कारण ८१ हजार २०६ जनाको मृत्यु भएको छ । २१ लाख १ हजार ७८६ संक्रमित मध्य १२ लाख २ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै अफ्रिकी मुलुकहरुमा ९ हजार ५१९ जनाको ज्यान गएको छ । यहाँ ३ लाख ७४ हजार ५९६ संक्रमित छन् । १ लाख ८१ हजार १७९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा सबै भन्दा कम १२६ जनाको मृत्यु भएको छ । यहाँ ९ हजार २७३ जना संक्रमित भएकोमा ८ हजार ५७० जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा पनि कोरोन भाइरस सक्रमित दिनानु दिन बढदै छ । नेपालमा १२३०९ जना संक्रमित छन भने २८ जनाको मृत्यु भै सकेको छ । २८३४ जना संक्रमन मुक्त भै सकेका छन ।