Fursad Times सोमबार, जेठ १६, २०७९

भक्तपुर । आइतबारदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले दिएको जानकारी अनुसार उक्त जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो। दुर्घटनाग्रस्त भएको उक्त जहाजको भग्नावशेषको तस्बिर सेनाले पठाएको छ। आइतबार देखि सम्पर्कविहीन जहाज खोजीका लागि गएको सेनाको टोलीले दुर्घटनाग्रस्त अवस्थामा रहेको जहाज फेला पारेका हुन्। जहाज दुर्घटनाग्रस्त भएका ठाउँमा सुरक्षाकर्मीलाई परिचालन गरिएको छ। जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए। जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए।

https://youtu.be/bR63MqM9qDY