Fursad Times आइतबार, जेठ १५, २०७९

भक्तपुर – नेताहरुको गलत आचरणबाट लोकतन्त्रलाई खतरा रहेको नागरिक समाजका अगुवा एवं मानवअधिकारवादी नेता कृष्ण पहाडीले बताएका छन् । पहाडीले भने, “जेठ १५ गणतन्त्र दिवस हो । गणतन्त्रमा हामीले के पायौ, के गुमायौं रु कहाँ कहाँ चुक्यौ ? आज स्वीकारोक्ति गर्नुपर्ने दिन हो । आज पनि लोकतन्त्रलाई नेताको आचरणबाट खतरा छ । लोकतान्त्रिक गणतन्त्रको केन्द्रविन्दु जनता हन् । पहाडीले जनताले नेतालाई पुरस्कृत मात्र गरे, दण्डित गरेनन् भन्ने उनको धारणा छ साथै अहिले नेताहरु छाडा भएको समेत उनले बताए । सुखद पक्ष के हो भने कम्तीमा आजको युवा पुस्ताले नेताको विकल्प खोज्छ तर लोकतन्त्रको विकल्प खोज्दैन ।” जनताले चुनावबाट धक्का दिनुपर्ने हो । त्यसो हुन सकेको छैन । तर कृष्ण पहाडीको ओछ्यानमुनि बम पड्काउनुपर्छ भन्ने नेत्रविक्रम चन्द पनि निर्वाचनमा आउनुभयो । यो नै लोकतन्त्रको सौन्दर्य हो । अब गणतन्त्र कसैले फाल्न सक्दैन ।” निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतको फैसला विरुद्ध अराजक अभिव्यक्ति दिने सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल पदमुक्त गर्नुपर्ने पनि पहाडीले औंल्याए । पहाडीले भने, “सर्वोच्च अदालतको फैसलाको पुनरावलोकन विधि हुन्छ । एउटा मर्यादा वा सीमामा बसेर असहमति जनाउन सकिन्छ । मन्त्री रामकुमारी झाँक्री गालीगलौज गर्नु नै पुरुषार्थ हो भन्नु ठानेर अराजक ढंगले फैसलाको विरोधमा उत्रिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले त्यो सामथ्य राख्नुहुन्छ कि हुन्न भन्ने उनको प्रश्न रहेको छ । नेताहरु गैरजिम्मेवार भएर प्रस्तुत हुँदा मुलुकले दुःख पाउने पनि पहाडीले बताए । उनले भने, “संसद्मा खड्गप्रसाद ओलीले अमेरिकी मन्त्रीले शरणार्थी शिविरमा गएर चीनविरुद्ध भड्काएको अभिव्यक्ति दिनुभएको छ ।