Fursad Times आइतबार, जेठ १५, २०७९

भक्तपुर -पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको तारा एयरलाइन्सको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त भएको स्थानीयले जानकारी दिएको म्याग्दीका डिएसपी तिलक भारतीले बताएका छन् । तारा एयरको ट्वीनअटर विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । भारतीले स्थानीयले ठूलो आवाज सुनेको जानकारी गराएको तर त्यहाँ टोली पुग्न बाँकी नै रहेकोले यसको पुष्टि गर्न भने अहिल्यै नसकिने बताए । यस बारेमा थप जानकारी आउन बाँकी रहेको छ। तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो।