Fursad Times आइतबार, जेठ ०८, २०७९

भक्तपुर । सरकारले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र खाना पकाउने एलपी ग्यास ग्यासमा प्रतिसिलिन्डर दुई सय रूपैयाँ बढाएको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले मूल्य बढाएको हो। यसअघि वैशाख ३१ गते मात्र सरकारले पेट्रोल र डिजेल लिटरमा १० रूपैयाँ बढाएको थियो। नयाँ मूल्य निर्धारण भएसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १८० रूपैयाँ, डिजेल र मट्टितेल १६३ रूपैयाँ लिटर पर्नेछभने अब खाना बनाउने एलपी ग्यासको मूल्य १८०० रूपैयाँ पर्नेछ। हवाइ इन्धन (आन्तरिक) को भाउ लिटरको १६६ रूपैयाँ पुगेको छ।