Fursad Times शुक्रबार, जेठ ०६, २०७९

भक्तपुर। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले २५ हजार ४ सय २७ मत ल्याउँदै उनले सुरुदेखिको आफ्नो अग्रतालाई निरन्तर बढाउँदै दोस्रो स्थानमा रहेका नेकपा एमाले का उम्मेदार केशव स्थापित भन्दा ११हजार९२८ मत बढि ल्याएका छन ।

दोस्रो स्थानमा रहेका स्थापितले १३ हजार ४९९ मत पाएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १२ हजार ८४२ मत ल्याएकी छन् । अहिले सम्म काठमाडौं महानगरपालिकामा ६५ हजार बढी मतगणना हुँदा बालेनले अग्रता दोब्बर बनाएका हुन्।

त्यस्तै उपमेयरमा भने एमालेकी सुनिता डंगोलले २४ हजार ५९२ मत पाएकी छन् । उनले आफ्नो प्रतिस्पर्धी ३ गुण भन्दा बढि मत ल्याएकी छिन । नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेवर श्रेष्ठले सात हजार ८६८ मत ल्याएका छन्।

https://youtu.be/ecnrZvs5QP0