Fursad Times बुधबार, जेठ ०४, २०७९

भक्तपुर । काठमाडौं महानगरका मेयर उम्मेदवार बालेन साह एमाले उम्मदेवार केशव स्थापितभन्दा करिब ८ हजार मतले अगाडि छन् । अहिलेसम्म प्राप्त मतगणनाको तथ्यांक अनुसार स्वतन्त्र उम्मेदवार साहले १६ हजार ५३७ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार स्थापितले जम्मा ७ हजार ५४८ मत प्राप्त गर्दै उनलाई पछ्याई रहेका छन भने गठबन्धनबाट मेयर उम्मेदार बनेकी कांग्रेसकी सिर्जना सिंहले भने ७ हजार ६९० मत प्राप्त गरेकी छन् ।