Fursad Times मंगलबार, जेठ ०३, २०७९

पुर्ख्यौली घर भोजपुर जिल्ला पौवादुङ्मा ६ स्थित २०३८ सालमा जन्मनु भयेका प्रदीप राई हाल धरान ११ मा स्थायी बसोबास गरिरहनु भयेको छ । सानै देखि अत्ति मिलन्सार अनि मेधाबी छात्र पनि हुन प्रदीप राई पढाइ मा अब्बल सितोरियो कराते देखि लियेर फूट्बल खेल मा पनि उहाँ अत्ति नै राम्रो खेलाडी हुन । उहाँ हरेक क्षेत्रमा केही न केही जिज्ञासा राखिरहनु हुने केही न केही शृजनामा निरन्तर लागिरहनु हुने एउटा अदभूत प्रतिभा हुन प्रदीप राई ।दुखद कुरो २०७३ सालमा उहाको स्पाइनल इन्जुरी भयेपछी उहालाई धेरै गाह्रो भयो तर पनि कति पनि बिचलित नभई उहाँ विभिन्न पार्टीको कार्यक्रम मा सकृय रहनु भयो शारीरिक कस्टको बाब्जुद पनि ।
अब लागौ प्रदीप राईको बालुवाको आर्ट्स बारे उहाँ स्पाइनल इन्जुरी अर्थात कम्मर भन्दा मुनि नचल्ने अशक्त हुनुहुन्हुन्छ । ढुङ्गाको काप फोरेर उम्रन्छ पिपल सृजना शक्ति सन्सारमा हुदैन बिफल भने झै उहाँ अत्ति नै राम्रो बालुवाको आर्ट्स गर्नुहुन्छ । यो बालुवाको आर्ट्स गर्नु सामान्य कुरो होइन ।यो एक असाधरण प्रतिभा र क्षेमता हो । उहाँ अत्ति नै लगन्शिल भयेर बालुवाको आर्ट्स बाट बिश्व मै आफुलाई चिनाउन तल्लीन रहेको बताउनुहुन्छ । छिना र घनको चोट खाने ढुङ्गा मात्रै पुजिन लायकको मुर्ती हुन्छ भने झै प्रदीप राई पनि बालुवाको आर्ट्स बाट चिनियेर स्वर्ण अक्षरमा ईतिहास लेखियोस । उहाँ द्वारा बालुवा बाट आर्ट्स गरियेका एतिहासिक र प्रतिष्ठित ब्यक्ति हरुको तस्बिर हरु हेर्न सक्नुहुनेछ ।